‘झिँगेदाउ-२’को गीतमा ‘जेठानी-देउरानी’को झगडा

हिमाल प्रेस २० भदौ २०८३ १२:३४ | Saturday, September 5, 2026
‘झिँगेदाउ-२’को गीतमा ‘जेठानी-देउरानी’को झगडा

काठमाडौँ- फिल्म ‘झिँगेदाउ २’को तीजलक्षित गीत सार्वजनिक भएको छ। ‘जेठानी भर्सेस देउरानी’ बोलको गीतमा मुख्य दुई पात्रबीचको झगडा प्रस्तुत गरिएको छ ।

बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा एलिना चौहान र रचना रिमालको स्वर छ। गीतको भिडियोमा फिल्म मुख्य दुई कलाकार केकी अधिकारी र आँचल शर्माको झगडा देख्न सकिन्छ । केकी जेठानी र आँचल देउरानीको भूमिकामा छिन्।

असोजको २ गतेबाट रिलिजमा आउन लागेको फिल्मको निर्माण टिम यतिबेला प्रचारमा जुटेको छ। नेपाल यातायातको सिट कभरमा पोस्टर र क्यूआर राखिएको फिल्मको ट्रेलर क्यूआर स्क्यान गरेर हेर्न सकिन्छ । त्यहीँ रहेको क्यूआरबाट यो सिनेमाको टिकट पनि काट्न सकिन्छ।

ज्ञानेन्द्र देउजाको निर्देशन रहेको फिल्ममा सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी छ। विष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन रहनेछ ।

फिल्ममा केकी र आँचलसँगै महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाललगायतको अभिनय छ।

प्रकाशित: २० भदौ २०८३ १२:३४ | Saturday, September 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast