काठमाडौँ- जय नेपाल पार्टीले केन्द्रीय तहमा जिम्मेवारी बाँडफाँटलाई तीव्रता दिएको छ। जय नेपाल पार्टीका सभापति डा. धवलशम्शेर राणाले सामाजिक सम्बन्ध तथा जनसम्पर्क विभागको संयोजकमा ठमान सिंह तामाङलाई शुक्रबार मनोनयन गरेका छन्।
सुपरिवेक्षण समितिका संयोजक मुकुन्दश्याम गिरीले सदस्य सचिवमा धनसुर शाही र सदस्यहरूमा अञ्जना शाह रावल तथा सुमिरा कार्कीलाई मनोनयन गरेका छन् । सुपरिवेक्षण समितिले केन्द्रीय तहका सबै विभाग तथा समितिहरूको सुपरिवेक्षण गर्नेछ।
सभापति राणाले पार्टीनिकट नेपाल महिला सङ्गठनको सभापतिमा चम्पा देवी (चाहना) अधिकारीलाई मनोनयन गरेका छन्। त्यस्तै सम्पर्क समाज विभागका संयोजक फणीराज (राजु) लोहनीले सदस्य सचिवमा रवि राज रञ्जित र सदस्यमा शिवराज रोकायालाई मनोनयन गरेका छन्।
पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीका अनुसार केन्द्रीय कार्यसमितिको निर्णय अनुसार केन्द्रीय विभागहरू गठन र विस्तार गर्दै जय नेपाल पार्टी अब देशव्यापी रूपमा जिल्ला कार्यसमितिहरू गठन गर्नेछ। तदर्थ जिल्ला समितिहरू गठन गर्नका लागि चाँडै जिम्मेवारी तोकिने लावतीले जानकारी दिएका छन्।


