कुलमानसँग प्रधानमन्त्रीले सोधे-सुरुङभित्र कसरी उद्धार गर्ने?

हिमाल प्रेस १८ भदौ २०८३ १५:११ | Thursday, September 3, 2026
कुलमानसँग प्रधानमन्त्रीले सोधे-सुरुङभित्र कसरी उद्धार गर्ने?

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा फसेकाको जतिसक्दो चाँडो उद्धार गरिने बताएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसहितको प्रतिनिधिमण्डलसँगको भेटमा उनले सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि विज्ञसहितको टोलीले प्रयास जारी राखेको बताए।

‘सुरुङभित्र थुनिएका व्यक्तिको उद्धार कसरी गर्ने भन्ने बारेमा प्रधानमन्त्रीको जिज्ञासा थियो,’ प्रधानमन्त्रीसँगको भेटपछि पूर्वऊर्जामन्त्री घिसिङले सञ्चारकर्मीसँग भने, ‘फसेका व्यक्तिको उद्धारका लागि सुरुङ क्षेत्रमा आवश्यक उपकरण र जनशक्ति लैजान सुझाव दिएका छौँ।’

भेटमा प्रधानमन्त्रीले सुरुङमा फसेका नागरिकको सकुशल उद्धारका लागि सरकारले जस्तोसुकै साधनस्रोत र जनशक्ति परिचाल गर्ने बताएको उनले जानकारी दिए।

‘प्रधानमन्त्रीले स्वदेशमै उपलब्ध साधनस्रोत र बाहिरबाट पनि ल्याउनुपर्ने छ भने पनि त्यसलाई तत्काल परिचालन गरिने विश्वास दिलाउनुभएको छ,’ घिसिङले भने।

अध्यक्ष घिसिङले रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा राहत वितरणलाई तीव्र बनाउन सडक सञ्जाल तत्काल पुनःस्थापित गर्नुपर्ने सुझाव दिए।

‘स्याफ्रुबेँसीसम्म सडक सञ्जाल पु¥याउने र बेलिब्रिज राख्ने भन्ने बारेमा व्यापक छलफल भयो,’ उनले भने।

प्रकाशित: १८ भदौ २०८३ १५:११ | Thursday, September 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast