कुशको शव बनाएर दाहसंस्कार

हिमाल प्रेस १७ भदौ २०८३ १८:३९ | Wednesday, September 2, 2026
कुशको शव बनाएर दाहसंस्कार

काठमाडौँ- रसुवा बाढीमा परी बेपत्ता भएकाहरुका आफन्तले कुशको शव बनाएर दाहसंस्कार गर्न सुरु गरेका छन्।

बाढीमा परेर बेपत्ता भएको धेरै दिन हुँदा समेत शव फेला नपरेपछि आफन्तहरुले कुशको शव बनाएर दाहसंस्कार गर्न सुरु गरेका हुन्।

बेपत्ता भएकाहरुका आफन्तहरुले बुधबार पशुपति आर्यघाटमा कुशको शवको प्रतिमा बनाएर अन्तिम संस्कार गरेका थिए।

पशुपति क्षेत्र विकास कोषले निःशुल्क रुपमा दाहसंस्कार गर्ने व्यवस्था मिलाएको छ। रसुवा बाढीमा परि करिब चार हजार बेपत्ता छन् भने ११ सय १४ जनाको मात्रै शव फेला परेको छ।

प्रकाशित: १७ भदौ २०८३ १८:३९ | Wednesday, September 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast