सम्बोधन सकेर सदनबाट तत्काल निस्किए प्रधानमन्त्री

हिमाल प्रेस १७ भदौ २०८३ १४:१५ | Wednesday, September 2, 2026
सम्बोधन सकेर सदनबाट तत्काल निस्किए प्रधानमन्त्री प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)। तस्बिर : रासस

काठमाडौँ- प्रतिनिधिसभामा बुधबार एकाएक सम्बोधन गर्न पुगेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सभाकक्षबाट बाहिरिएका तत्काल बाहिरिएका छन्। उनले आजको प्रतिनिधिसभा बैठक रसुवा बाढीको विषयमा जानकारी गराएका थिए।

सदनको सुरुवातमै सम्बोधन गर्न पुगेका बालेन तत्काललाई सम्बोधन गरेर निस्किएका छन्। उनले सदनमा बाढीबारे सरकारले गरेका कामकुरा र हालसम्मको स्थितिबारे जानकारी दिएका थिए। गत जेठ १७ गते प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रममा भाग लिएका प्रधानमन्त्री तत्पश्चात सदनबाट सम्बोधन गरेका थिएनन्। गत भदौ १० मा प्रश्नोत्तर गर्ने भनिए पनि बाढीका कारण कार्यक्रम स्थगित भएको थियो।

प्रकाशित: १७ भदौ २०८३ १४:१५ | Wednesday, September 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast