सर्लाही १ (ख) मा एकीकृत समाजवादीकी लुंगेली विजयी

हिमाल प्रेस ७ मंसिर २०७९ १४:१८ | Wednesday, November 23, 2022
सर्लाही १ (ख) मा एकीकृत समाजवादीकी लुंगेली विजयी

सर्लाही–  सर्लाही १ प्रदेशसभा (ख) मा नेकपा एकीकृत समाजवादीकी बेची लंगेली प्रदेशसभा सदस्यमा विजयी भएकी छन्। उनले नेकपा एमालेकी शान्ति लामालाई फराकिलो मतान्तरले पराजित गर्दै दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन्।

बुधबार बिहान सार्वजनिक मतपरिणाअनुसार लामालाई छ हजार छ सय ९९ मतान्तरले पराजित गरेकी लुंगेलीले १३ हजार छ सय ७६ मत पाएकी हुन्। लामाले भने छ हजार नौ सय ७७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस्तै स्वतन्त्रतर्फको जेब्रा चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवार राजन श्रेष्ठले ५ हजार नौ सय ४५ मत प्राप्त गरेका छन्। सर्लाही १ (ख) बाट अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट विजयी भएकी लुंगेली पार्टी विभाजन भएपछि नेकपा एसमा लागेकी थिइन्।

प्रकाशित: ७ मंसिर २०७९ १४:१८ | Wednesday, November 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast