घट्यो डलरको भाउ

हिमाल प्रेस १७ भदौ २०८३ ६:२५ | Wednesday, September 2, 2026
घट्यो डलरको भाउ

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनासहित सबैजसो विदेशी मुद्राको भाउ थप घटेको छ। मंगलबार पनि सबैजसो मुद्राको मूल्य घटेको थियो।

आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५७ पैसा थियो।

आज युरो १ को खरिददर १७५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा छ। हिजो युरो १ को खरिददर १७६ रुपैयाँ २९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ९९ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ३० पैसा र बिक्रीदर २०६ रुपैयाँ ११ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ८४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ६६ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७५ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०९ रुपैयाँ २७ पैसा थियो।

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९३ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ६२ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ७३ पैसा थियो।

आज बहराइन दिनार १ को खरिददर ४०२ रुपैयाँ १७ र बिक्रीदर ४०३ रुपैयाँ ७७ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ४०३ रुपैयाँ ०८ र बिक्रीदर ४०४ रुपैयाँ ६७ पैसा थियो।

 

प्रकाशित: १७ भदौ २०८३ ६:२५ | Wednesday, September 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast