सन्यांसलाई ‘पीडादायी समय’ भन्दै अन्तर्राष्ट्रिय फुटबलबाट बिदा भए मेस्सी

हिमाल प्रेस १६ भदौ २०८३ ७:०७ | Tuesday, September 1, 2026
सन्यांसलाई ‘पीडादायी समय’ भन्दै अन्तर्राष्ट्रिय फुटबलबाट बिदा भए मेस्सी

काठमाडौँ-  फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यांस लिने घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले सोमबार बेलुका सामाजिक सन्जालमा भावुक स्टाटस लेख्दै आफ्नो राष्ट्रिय टोलीसँगको यात्रा समाप्त भएको बताएका हुन्।लामो सन्देश लेख्दै मेस्सीले यो निर्णय आफ्नो आत्माका लागि सबैभन्दा पीडादायी भए पनि यही सही समय भएको उल्लेख गरेका छन्।

‘फाइनलपछि धेरै समय सोचें, अब राष्ट्रिय टोलीबाट सन्यास लिने निर्णय गरेको छु। यो निर्णयले मेरो मन दुखाएको छ र अझै पनि दुखाइरहेको छ, तर म बुझ्छु—यही समय हो’ उनले लेखेका छन् ।

मेसीले आफूले अर्जेन्टिनाको जर्सीका लागि सधैं आफ्नो सम्पूर्ण शक्ति दिएको र समर्थकलाई गर्व गराउने प्रयास कहिल्यै नछोडेको बताएका छन् ।

‘मैले सधैं सबैथोक दिएँ । पछिल्ला सफल वर्षहरूमा मात्र होइन, सुरुदेखि नै यो जर्सीका लागि लडें । अब मसँग दिन बाँकी केही छैन । नयाँ पुस्ताका उत्कृष्ट खेलाडीहरू आउँदैछन्, उनीहरू नै यो स्थानका हकदार हुन्’ उनले थपे ।

प्रकाशित: १६ भदौ २०८३ ७:०७ | Tuesday, September 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast