सनाखत हुन नसकेका १९९ शव चितवनमा पुरियो

हिमाल प्रेस १५ भदौ २०८३ ७:५५ | Monday, August 31, 2026
सनाखत हुन नसकेका १९९ शव चितवनमा पुरियो

चितवन- रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवन क्षेत्रमा फेला परेका शवहरूमध्ये सनाखत हुन नसकेका १९९ वटा शवको आइतबार रातिसम्म व्यवस्थापन गरिएको छ।

भरतपुर महानगरपालिका १ स्थित देवघाट जङ्गलमा ती शवहरूको व्यवस्थापन गरिएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका २७२ शवमध्ये १९९ वटाको व्यवस्थापन गरिएको छ भने १२ वटाको मात्र सनाखत भएको छ। सनाखत भएका शवहरू परीक्षणपश्चात् परिवारले बुझेर लगेका छन्।

भविष्यमा डिएनए परीक्षण बेपत्ता भएका व्यक्तिका परिवारसँग मिलेमा राखिएको ठाउँबाट पहिचान गरी हस्तान्तरण गर्न सकिने गरी संकेत चिह्न राखेर शव व्यवस्थापन गरिएको छ। हालसम्म फेला परेका २७२ शवमध्ये ११० पुरुष, ६२ महिला, सात बालक, छ बालिका र ८७ अन्य (अवशेष) छन्।

अझै पनि नदी किनारमा शव फेला पर्ने क्रम जारी रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई संयुक्त रूपमा खोजी तथा शव व्यवस्थापनमा परिचालन गरिएको छ।

 

प्रकाशित: १५ भदौ २०८३ ७:५५ | Monday, August 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast