बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणले दियो २० थान स्याटेलाइट

हिमाल प्रेस १४ भदौ २०८३ १७:०७ | Sunday, August 30, 2026
बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणले दियो २० थान स्याटेलाइट

काठमाडौँ- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ।

प्राधिकरणका अनुसार दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) बाट विपद् सहयोग स्वरूप प्राप्त गरेका यी फोनहरू राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको हो।

उपलब्ध गराइएका कूल फोनहरूमध्ये १० थान रसुवा र १० थान नुवाकोट जिल्लामा प्रयोग हुने गरी पठाइएको छ। स्याटेलाइट फोनहरू आगामी तीन महिनासम्म नि:शुल्क प्रयोग गर्न सकिनेछ।

टेलिकम नेटवर्क नटिप्ने दुर्गम स्थानहरूमा समेत स्याटेलाइटको माध्यमबाट फोन तथा एसएमएस सेवा लिन सकिने यो प्रविधि निकै महँगो मानिन्छ।

यसको प्रयोगले विपद्का समयमा सञ्चार सम्पर्क विच्छेद हुन नदिई उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।

प्रकाशित: १४ भदौ २०८३ १७:०७ | Sunday, August 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast