नर्वेका राजाको निधन

हिमाल प्रेस १२ भदौ २०८३ १४:३९ | Friday, August 28, 2026
नर्वेका राजाको निधन

काठमाडौँ- तीन दशकभन्दा लामो समय राजगद्दीमा रहेर आफ्ना अत्यन्तै लोकप्रिय तथा बहिर्मुखी स्वभावका पिताको छायाबाट क्रमशः बाहिर निस्कँदै सुधारवादी राजाका रूपमा स्थापित भएका नर्वेका राजा हाराल्डको शुक्रबार ८९ वर्षको उमेरमा निधन भएको छ। नर्वेको राजदरबारले मुलुकको राजपरिवार अनेकौँ संकटबाट गुज्रिरहेका बेला उनको निधन भएको जनाएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

‘राजा हाराल्डको शुक्रबार अगस्ट २८ बिहान ६:३५ बजे (स्थानीय समयअनुसार; जीएमटी बिहान ४:३५ बजे) ओस्लो विश्वविद्यालय अस्पतालमा निधन भयो,’ राजदरबारले आफ्नो वेबसाइटमा उल्लेख गरेकाे छ।

युरोपका जीवित राजामध्ये सबैभन्दा ज्येष्ठ हाराल्डलाई अगस्ट १७ मा अस्पताल भर्ना गरिएको थियो। राजदरबारका अनुसार उनको रगतमा भएको ब्याक्टेरियाजन्य संक्रमणको उपचार भइरहेको थियो।

सन् २०२४ मा मलेसियामा बिदा मनाइरहेका बेला पनि संक्रमणका कारण उनी अस्पताल भर्ना भएका थिए। त्यहाँ उनलाई अस्थायी पेसमेकर जडान गरिएको थियो। नर्वेली सेनाको विमानबाट उनलाई स्वदेश फर्काइएको थियो र पछि स्थायी पेसमेकर जडान गरिएको थियो।

त्यही वर्ष सन् १९९१ देखि नर्वेको औपचारिक राष्ट्रप्रमुखका रूपमा रहेका हाराल्डले आफू सहभागी हुने औपचारिक कार्यक्रमको संख्या घटाउने बताएका थिए। तर उनले राजगद्दी त्याग्ने सम्भावना भने अस्वीकार गरेका थिए। राजा बनेर लिएको शपथ जीवनभरका लागि भएको उनको भनाइ थियो।

प्रकाशित: १२ भदौ २०८३ १४:३९ | Friday, August 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast