अस्ट्रेलियाले ५० लाख डलर सहयोग गर्ने

हिमाल प्रेस १२ भदौ २०८३ १६:०० | Friday, August 28, 2026
अस्ट्रेलियाले ५० लाख डलर सहयोग गर्ने

काठमाडौँ- नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि अस्ट्रेलिया सरकारले ५० लाख अस्ट्रेलियाली डलर सहयोग गर्ने भएको छ।

अन्तर्राष्ट्रिय विकासमन्त्री डा.एनी अलिसँग संयुक्त वक्तव्य जारी गर्दै अस्ट्रेलियाको विदेश मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा ‘कन्सुलर एसिस्टेन्स’ र राहत सामग्री तीव्र रुपमा परिचालन गरिएको जनाएको छ।

५० लाख डरको सहायता रकम स्थापित साझेदार संस्थाहरुमार्फत खाना, आपत्कालीन वासस्थान, स्वच्छ खानेपानी र सरसफाइमा खर्च गरिनेछ।

विश्व खाद्य कार्यक्रम(खाद्यान्न तथा बन्दोबस्तीका समान) का लागि २० लाख डलर, अस्ट्रेलियाली गैरसरकारी संस्थाहरुलाई (आश्रय, स्वास्थ्य, कम्बल तथा मनोसमाजिक परामर्श) का लागि २० लाख डलर र पुनः स्थापनाका लागि १० लाख डलर प्रदान गरिने विज्ञप्तिमा जनाइएको छ।

बाढीमा परी बेपत्ता भएका व्यक्तिहरुमध्ये कम्तीमा ३९ जना अस्ट्रेलियाली नागरिक रहेको पुष्टि भएको छ। उनीहरूको स्थिति पत्ता लगाउन र आवश्यक सहयोग उपलब्ध गराउन अस्ट्रेलियाली अधिकारीहरु द्रुत गतिमा खटिएको विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: १२ भदौ २०८३ १६:०० | Friday, August 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast