५६ वर्षीया महिलालाई सुतिरहेको बेला बलात्कार गर्ने युवक पक्राउ

हिमाल प्रेस १० भदौ २०८३ ८:२६ | Wednesday, August 26, 2026
५६ वर्षीया महिलालाई सुतिरहेको बेला बलात्कार गर्ने युवक पक्राउ प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । तेह्रथुमको छथर गाउँपालिका २ आफ्नै निवासमा सुतिरहेकै बेला सोमबार ती महिलालाई सोही स्थानका ४४ वर्षीय लिलमबहादुर लिम्बुले जबरजस्ती करणी गरेको नेपाल प्रहरीको केन्द्रीय विभागले जनाएको छ। प्रहरीले लिलमबहादुर लिम्बुलाई सोही दिन नियन्त्रणमा लिएको छ।

महिलाले सोही दिन इलाका प्रहरी कार्यालय बसन्तपुरमा जाहेरी दिएपछि आरोपितको स्वास्थ्य परीक्षण (मेडिकल) गरी प्रहरी हिरासतमा राखिएको छ। घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित: १० भदौ २०८३ ८:२६ | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast