पोखरीमा डुबेर १० वर्षीय बालकको मृत्यु

हिमाल प्रेस १० भदौ २०८३ ६:२८ | Wednesday, August 26, 2026
पोखरीमा डुबेर १० वर्षीय बालकको मृत्यु प्रतीकात्मक तस्बिर।

रौतहट– रौतहटमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।

परोहा नगरपालिका–५ रमनगरका १० वर्षीय बालक नासिर कलामको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थानीय शेख नसरुल हकका छोरा नासिर कलाम मंगलबार दिउँसो सार्वजनिक पोखरीमा नुहाउन गएका थिए। सोही क्रममा उनी पानीमा डुबेका हुन्।

प्रहरीले बालकको शव शवपरीक्षणका लागि प्रादेशिक अस्पताल गौर पठाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिए।

प्रकाशित: १० भदौ २०८३ ६:२८ | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast