‘बेहुली’को ‘म भईन भने’ मा ‘कुल ब्वय’ र दिव्या रायमाझीको रोमान्टिक अवतार

हिमाल प्रेस ९ भदौ २०८३ १२:५४ | Tuesday, August 25, 2026
‘बेहुली’को ‘म भईन भने’ मा ‘कुल ब्वय’ र  दिव्या रायमाझीको रोमान्टिक अवतार

काठमाडौँ- फिल्म ‘बेहुली’को दोस्रो गीतको रूपमा रोमान्टिक गीत ‘म भईन भने’ सार्वजनिक गरिएको हो। गीतमा गायक सुरेश लामा र गायिका दुर्गा खरेलले आवाज दिएका छन्। यस गीतमा संगीतकार अर्जुन पोखरेलकै शब्द तथा संगीत सुन्न सकिन्छ भने गीतको एरेन्ज उदय राज पौडेलले गरेका हुन्।

उत्सव दाहालको सिनेमाटोग्राफी र सियोन श्रेष्ठको कोरियोग्राफी रहेको यस गीतको भिडियो भारतका प्राकृतिक सुन्दरताले भरिपूर्ण स्थानहरू दार्जिलिङ, मिरिक र सिक्किममा छायांकन गरिएको हो। गीतको भिडियोमा मुख्य कलाकारहरू पारस बम ठकुरी (कुल ब्वाय) र दिव्या रायमाझीको रोमान्टिक अवतार प्रस्तुत गरिएको छ।

सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको यस चलचित्रमा पारस र दिव्याको साथमा सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहेको यस चलचित्रमा अर्जुन पोखरेल प्रस्तुतकर्ता रहेका छन् भने प्रताप शमशेर राणा निर्माता, कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल, सहनिर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ छन्‌ ।

नरेन्द्र मैनालीको डिओपी, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी रहेको छ । सुदीप कुँवर मुख्य सहायक निर्देशक रहेको यस चलचित्रका सहायक निर्देशक योगेन्द्र कार्की र मार्लोभ ढुङ्गाना हुन् । यमप्रसाद ओली प्रोडक्सन हेड रहेको सिनेमाको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।

प्रकाशित: ९ भदौ २०८३ १२:५४ | Tuesday, August 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast