निरन्तर बढेको सुनको भाउ आज घट्यो

हिमाल प्रेस ९ भदौ २०८३ १०:४८ | Tuesday, August 25, 2026
निरन्तर बढेको सुनको भाउ आज घट्यो

काठमाडौँ-  सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो।

महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार सुनको मूल्य १० ग्रामको २ लाख ७६ हजार २ सय ३५ रुपैयाँ कायम भएको छ । सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँ थियो ।

यसअनुसार एक दिनमा चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले घटेको हो । मंगलबार १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय १ रुपैयाँ कायम भएको छ ।

 

प्रकाशित: ९ भदौ २०८३ १०:४८ | Tuesday, August 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast