श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट

हिमाल प्रेस ८ भदौ २०८३ १७:२१ | Monday, August 24, 2026
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट

काठमाडौँ- युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्ला सइद मुबारक जारवान अल शामसीले शिष्टाचार भेट गरेका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा दुवै जनाबीच दुई देशबीचका द्विपक्षीय श्रमसम्बन्धी समझदारी तथा सहमतिको प्रभावकारी कार्यान्वयनका लागि संयुक्त कार्य समूहको बैठक शीघ्र आयोजना गर्ने सहमति भएको छ।

भेटमा मन्त्री यादवले नेपाली श्रमिकलाई प्रहरी चारित्रिक प्रमाणपत्रसम्बन्धी दोहोरो प्रक्रिया पूरा गर्न व्यवस्थालाई सरल र सहज हुन आवश्यक रहेको बताए।

त्यस अवसरमा राजदूत शामसीले नेपाली श्रमिकको हकहित र अधिकारका विषयमा यूएई निरन्तर छलफल र समन्वय गरिरहेको बताएको मन्त्री यादवको सचिवालयले जनाएको छ।

प्रकाशित: ८ भदौ २०८३ १७:२१ | Monday, August 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast