काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार (भदौ ८) प्रतितोला ३ हजार २०० रुपैयाँले वृद्धि भएसँगै सुन प्रतितोला तीन लाख २२ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो कारोबार दिन सुन प्रतितोला तीन लाख १९ हजार ५०० मा किनबेच भएको थियो ।
महासंघका अनुसार सोमबार चाँदी चार हजार ९६५ रुपैयाँ प्रतितोलामा किनबेच भइरहेको छ । आइतबार चाँदी प्रतितोला चार हजार ९७५ रुपैयाँमा किनबेच भएको थियो ।
प्रकाशित: ८ भदौ २०८३ १०:५५ | Monday, August 24, 2026
प्रतिक्रिया


