काठमाडौँ- सुनको मूल्य बढिरहेको छ। गत बिहीबारबाट उकालो लागेको सुनको मूल्य आइतबार (भदौ ७) प्रतितोला २ हजार ८०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँ कायम गरिएको छ। गत शुक्रबार ३ हजार ३०० रुपैयाँले वृद्धि भएर सुनको मूल्य ३ लाख १६ हजार ७०० रुपैयाँ पुगेको थियो। अघिल्लो दिन बिहीबार सुनको मूल्य ९ हजार ३०० रुपैयाँले बढेर ३ लाख १३ हजार ४०० रुपैयाँ थियो ।
चाँदीको मूल्य आइतबार भने सामान्य रुपमा घटेको छ । गत शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ४ हजार ९७५ रुपैयाँमा झरेको छ । गत शुक्रबार तोला १३० रुपैयाँले बढेर ४ हजार ९८५ रुपैयाँ पुगेको चाँदीको मूल्य बिहीबार २६० रुपैयाँले बढेर ४ हजार ८५५ रुपैयाँ पुगेको थियो ।


