दर्ता भएन कांग्रेसको महाधिवेशन रोक्ने रिट निवेदन

हिमाल प्रेस ५ भदौ २०८३ १८:११ | Friday, August 21, 2026
दर्ता भएन कांग्रेसको महाधिवेशन रोक्ने रिट निवेदन

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न संस्थापन इतरले सर्वोच्च अदालतमा लगेको रिट निवेदन दर्ता भएन।

१५ औँ महाधिवेशनको प्रक्रिया तत्काल रोक्न माग गर्दै संस्थापन इतरले पेस गरेको रिट निवेदन शुक्रबार सर्वोच्च अदालतमा दर्ता नभएको हो।

महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान उपसभापति पूर्णबहादुर खड्काको तर्फबाट वारेस अनुमति लिएर नेता दीपक खड्का र अधिवक्ता श्रवणकुमार श्रेष्ठ सर्वोच्च पुगेका थिए।

रिट निवेदन दर्ता नभएको सर्वोच्च प्रशासनले जनाएको छ। महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै पेस भएको निवेदन अध्ययनकै क्रममा रहेकोले दर्ता नभएको सर्वोच्च प्रशासनले जनाएको छ।

सर्वोच्च अदालतले पार्टी आधिकारिकतासम्बन्धी विवादमा पुनरावलोकन गर्ने निस्सा दिए पनि संस्थापन पक्षले महाधिवेशन प्रक्रिया अगाडि बढाएपछि संस्थान पक्षले आपत्ति जनाएको छ।

आधिकारिकतासम्बन्धी विवाद पुनः सुनुवाइ भएर अन्तिम टुंगो नलाग्दासम्म महाधिवेशन प्रक्रिया अगाडि बढाउन नहुने इतरपक्षको भनाइ छ।

यता संस्थापन समूहले भने १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिको निर्णयअनुसार पार्टीको वडा अधिवेशन आगामी भदौ २४ गते हुने भएको छ। त्यस्तै असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने कांग्रेसको निर्णय छ।

प्रकाशित: ५ भदौ २०८३ १८:११ | Friday, August 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast