रास्वपाले विस्तार गर्‍यो केन्द्रीय सचिवालय

हिमाल प्रेस ५ भदौ २०८३ १७:३३ | Friday, August 21, 2026
रास्वपाले विस्तार गर्‍यो केन्द्रीय सचिवालय

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालय विस्तार गरेको छ।

पार्टी कार्यालय बनस्थलीमा बसेको रास्वपा केन्द्रीय समिति बैठकले केन्द्रीय सचिवालयमा ११ जनालाई मनोनयन गर्ने निर्णय गरेको हो।

रास्वपाले शिशिर खनाल, गणेश पराजुली, कविन्द्र बुर्लाकोटी, विराजभक्त श्रेष्ठ, मनोहर प्रधान, लिमा अधिकारी, जगदीश खरेल (ललितपुर), समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर र मनिष झालाई सचिवालय सदस्यमा मनोनित गरेको हो।

साथै बैठकले केन्द्रीय समितिमा सुनिल लम्साल, भूपदेव शाह, सुधन गुरुङ, प्रतिभा रावल, पुरुषोत्तम यादव, मनोहर प्रधान, बसुमाया तामाङ, भक्तबहादुर राई र सुरेन्द्र चौधरीलाई मनोनीत गरेको छ भने पार्टी प्रवक्तामा जगदीश खरेल तथा सहप्रवक्तामा सुरेन्द्र चौधरी र डा.नमिता यादवलाई मनोनीत गरिएको रास्वपा नेता मनिष झाले जानकारी दिए।

साथै बैठकले सहमहामन्त्रीमा पुरुषोत्तम यादव, कोषाध्यक्षमा मनोहर प्रधान र सहकोषाध्यक्षमा बसुमाया तामाङलाई मनोनीत गरिएको उनले बताए।

त्यस्तै बैठकले सार्वजनिक सेवा तथा जनगुनासो विभागको प्रमुखमा विजय जैरु, जनस्वास्थ्य विभागमा डा.तोसिमा कार्की, अन्तर्राष्ट्रिय समन्वय विभागको प्रमुखमा शिशिर खनाललाई मनोनीत गरेको छ भने अर्थ विभागमा लिमा अधिकारी, संगठन विभागमा प्रमोद न्यौपाने र प्रशिक्षण विभागको कार्यवाहक प्रमुखमा महामन्त्री विपिन आचार्यलाई मनोनीत गर्ने निर्णय गरेको नेता झाले बताए।

त्यस्तै बैठकले स्थानीय तह निर्वाचनलाई लक्षित गरी विभिन्न पालिका तथा जिल्लाहरूको जिम्मेवारी केन्द्रीय सदस्यहरूलाई बाँडफाँड गर्न सहमहामन्त्री निशा डाँगीको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ।

कार्यदलले नै स्थानीय तह निर्वाचनको तयारीका लागि नेता तथा सांसदहरूको कार्यक्षेत्र तोक्ने निर्णय भएको नेता झाले बताए।

प्रकाशित: ५ भदौ २०८३ १७:३३ | Friday, August 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast