बालिका बलात्कारपछि हत्या प्रकरणमा दोषीलाई कडा कारबाही गर्न कांग्रेसको माग

हिमाल प्रेस ५ भदौ २०८३ ६:१६ | Friday, August 21, 2026
बालिका बलात्कारपछि हत्या प्रकरणमा दोषीलाई कडा कारबाही गर्न कांग्रेसको माग कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसले बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिकाको अपहरणपछि बलात्कार र हत्या गरिएको घटनालाई क्रुर, पाशविक र दानवीय प्रवृत्तिको सङ्ज्ञा दिँदै दोषीलाई कडा कारबाही गर्न माग गरेको छ।

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बिहीबार बसेको बैठकले बालिका अपहरणमा परेको जानकारी समयमै पाए पनि खोजीकार्यलाई तीव्रता नदिइएको गुनासो गरेको छ।

बैठकले घटनाबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्दै पीडितलाई न्याय र परिवारलाई राहत उपलब्ध गराउन माग गरेको छ।

बैठकमा कांग्रेस नेता प्रदीप गिरीको स्मृतिमा पार्टी उपसभापति एवं प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माले श्रद्धासुमन व्यक्त गरेका थिए।

बैठकमा तीन उपसमितिका संयोजकले आआफ्ना विषयगत नीति तथा कार्ययोजना प्रस्तुत गरेका थिए।

बैठकमा यही भदौ ६ गते हुने ‘ग्रिन एन्ड महिला रि–रन’ तथा भदौ ११ गते हुने महिला उद्यमशीलता सम्मेलनको तयारीबारे पनि जानकारी गराइएको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित: ५ भदौ २०८३ ६:१६ | Friday, August 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast