जुम्लामा सडक किनारमा एक पुरुष मृत फेला

हिमाल प्रेस ५ भदौ २०८३ ६:१२ | Friday, August 21, 2026
जुम्लामा सडक किनारमा एक पुरुष मृत फेला

जुम्ला- जुम्लाको चन्दननाथ नगरपालिका-६ यान्त्रिक कार्यालयनजिक जुम्ला-नाग्मा सडकखण्डमा एक पुरुष मृतावस्थामा फेला परेका छन्।

नेपाल प्रहरीका अनुसार घोप्टो परेको अवस्थामा भेटिएका मृतक चन्दननाथ-७ चिमा गाउँका ४१ वर्षीय रत्नचन्द्र रावल हुन्।

शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ भदौ २०८३ ६:१२ | Friday, August 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast