तमिलनाडुका मुख्यमन्त्री विजयको घोषणा : विधायकलाई सरकारी गाडी र एक लाख रुपैयाँ भत्ता

हिमाल प्रेस ३ भदौ २०८३ १६:४८ | Wednesday, August 19, 2026
8
SHARES
तमिलनाडुका मुख्यमन्त्री विजयको घोषणा : विधायकलाई सरकारी गाडी र एक लाख रुपैयाँ भत्ता तमिलनाडु प्रदेशका मुख्यमन्त्री एवं टीभीके प्रमुख विजय

काठमाडौँ- भारतको तमिलनाडु राज्यका मुख्यमन्त्री सी जोसेफ विजयले विधायक (प्रदेश सांसद) हरूलाई सरकारी गाडी र एक लाख रुपैयाँ भत्ता दिने घोषणा गरेका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार मुख्यमन्त्री विजयले यो घोषणा विधानसभा नियम ११० अन्तर्गत गरेका हुन्।

मुख्यमन्त्री विजयले विधायकहरूलाई गाडीको चालक, इन्धन र मर्मत सम्भारका लागि प्रत्येक महिना ७५ हजार रुपैयाँ भत्ता दिइने बताएका छन्।

यसबाहेक कार्यालयसम्बन्धी कामका लागि कर्मचारी राख्न उनीहरूले प्रतिमहिना २५ हजार रुपैयाँ भत्ता पाउनेछन्।

मुख्यमन्त्री विजयले यस नयाँ व्यवस्थाबाट विधायकहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रका जनताका समस्या समाधान गर्न आउजाउमा सुविधा पुग्ने बताए।

यसका साथै उनीहरूले सरकारी आयोजनाहरूको अनगुमन पनि अझ प्रभावकारी रूपमा गर्न सक्ने उनको भनाइ छ।

तमिलनाडुमा २३४ जना विधानसभा सदस्य रहेका छन्।

यसबाहेक मुख्मयन्त्री विजयले आविन सहकारी संस्थाका लागि दूधको सरकारी मूल्य प्रतिलिटर ३८ रुपैयाँबाट बढाएर ४१ रुपैयाँ पुर्‍याएका छन्। त्यस्तै मुख्यमन्त्री स्वास्थ्य बिमा योजना वार्षिक ५ लाख रुपैयाँबाट बढाएर २५ लाख रुपैयाँ पुर्‍याउने घोषणा गरिएको छ।

प्रकाशित: ३ भदौ २०८३ १६:४८ | Wednesday, August 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast