नाइमाको अफरमा ४४ वटा म्याक्सस ई-टेरेन बुकिङ, भदौ १५ सम्म छुट

हिमाल प्रेस ३ भदौ २०८३ १६:३२ | Wednesday, August 19, 2026
6
SHARES
नाइमाको अफरमा ४४ वटा म्याक्सस ई-टेरेन बुकिङ, भदौ १५ सम्म छुट

 काठमाडौँ- हिमालय अर्गनाइजेसनअन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा मोबिलिटी एक्सपोमा म्याक्सस ई-टेरेन विद्युतीय पिकअपका ४४ वटा बुकिङ भएको जनाएको छ। कम्पनीका अनुसार बुकिङ भएकामध्ये ३६ वटा कम्फर्ट र आठ वटा प्रिमियम भर्सन छन्।

कम्पनीले करिब तीन साताअघि नेपाली बजारमा सार्वजनिक गरेको ई-टेरेन कम्फर्टको मूल्य ८८ लाख रुपैयाँ तोकेको थियो। नाइमा मोबिलिटी एक्सपोका क्रममा कम्पनीले उक्त मोडलमा दुई लाख रुपैयाँ छुटको व्यवस्था गरेको थियो। त्यस्तै, एक करोड २८ लाख रुपैयाँ मूल्य रहेको प्रिमियम भर्सनमा पाँच लाख रुपैयाँ छुट दिइएको थियो।

एक्सपो अवधिका लागि मात्रै घोषणा गरिएको छुट ग्राहकको आग्रहपछि भदौ १५ गतेसम्म निरन्तरता दिने निर्णय गरिएको कम्पनीले जनाएको छ। छुट सुविधामा म्याक्सस ई-टेरेन बुकिङ गर्न इच्छुक ग्राहकले काठमाडौंको हात्तीसारस्थित म्याक्ससको सोरुममा सम्पर्क गर्न सक्नेछन्।

‘परिवार र व्यवसायका लागि एउटै सवारी’ नारासहित बिक्री भइरहेको म्याक्सस ई-टेरेन छोटो समयमै नेपाली बजारमा लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ। विशेषगरी युवा पुस्ता, कच्ची सडकमा यात्रा गर्ने र क्याम्पिङमा रुचि राख्ने ग्राहकले यो विद्युतीय पिकअपलाई रुचाएको कम्पनीले जनाएको छ।

आक्रामक डिजाइन, सुविधासम्पन्न कारमा उपलब्ध हुने विभिन्न फिचर, उच्च ग्राउन्ड क्लियरेन्स तथा निजी र व्यावसायिक दुवै प्रयोजनमा प्रयोग गर्न सकिने भएकाले ई-टेरेनको माग बढ्दै गएको कम्पनीको भनाइ छ। निर्माण तथा जलविद्युत् क्षेत्रमा समेत यो विद्युतीय पिकअप उपयोगी र किफायती हुने कम्पनीले जनाएको छ।

चीनको एसएआईसीअन्तर्गत म्याक्सस कम्पनीले उत्पादन गर्ने यो पिकअपप्रति ग्राहकको विश्वास बढ्दै गएको कम्पनीको दाबी छ। बिक्रीपछिको सेवा, स्पेयर पार्ट्सको उपलब्धता तथा सर्भिस सुविधालाई थप सहज बनाउनेतर्फ पनि कम्पनीले प्राथमिकता दिएको जनाएको छ।

प्रकाशित: ३ भदौ २०८३ १६:३२ | Wednesday, August 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast