काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव २६ अंकले घटेर दुई हजार ६२२ दशमलव २२ मा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ०८ अंकले घटेर ४६१ मा पुगेको छ। त्यस्तै फ्लोट सूचक शून्य दशमलव ०२ अंकले घटेर १७९ दशमलव ९५ मा पुगेको छ।
त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने आज स्थिर रहँदै १५५ दशमलव ७५ मा पुगेको छ।
विभिन्न कम्पनीका ९५ लाख आठ हजार ८८२ कित्ता सेयर तीन अर्ब २९ करोड ८० लाख १९ हजार ५७१ मूल्यमा खरिद बिक्री भएको छ। आज १३ उपसमूहमध्ये पाँच उपसमूह बढ्यो भने आठ उपसमूह घटेको छ। आज १११ कम्पनीको शेयर बढ्यो भने १४९ कम्पनीको शेयर घट्यो। त्यसैगरी १८ कम्पनीको सेयर स्थिर रह्यो।
नेप्सेका अनुसार आज सर्वोत्तम पेन्ट्स इन्डिष्ट्रज, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनी र आरबिबी म्युचुअल फण्डका लगानीकर्ताले कमाएका छन्।
त्यस्तै गरी मनकामना इन्जिनियरिङ हाइड्रोपावर कम्पनी, आईसीएफसी डिबेञ्चर, सन्राइज ब्लुचिप फण्डका लगानीकर्ताले गुमाएका छन्।


