कति छ तरकारीको मूल्य?

हिमाल प्रेस ३ भदौ २०८३ ९:०९ | Wednesday, August 19, 2026
कति छ तरकारीको मूल्य?

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि तरकारी तथा फलफूलको मूल्य सूची सार्वजनिक गरेको छ।

आज ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ७५ रुपैयाँ र भारतीय ठूलो गोलभेँडा ९५ रुपैयाँ पुगेको छ। सानो लोकल गोलभेँडा ३५, रातो आलु लाम्चो ४९, भारतीय सुकेको प्याज ७४, लोकल गाँजर ११०, लोकल बन्दा ४६, स्थानीय काउली ९५ र हाइब्रिड मुला २९ रुपैयाँ प्रतिकिलो छ।

लाम्चो भन्टा २४ र डल्ले भन्टा ३३ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ। त्यस्तै तनेबोडी ८५, मकै बोडी ११०, करेला ४५, लौका ५५, लोकल परबल ६५, घिरौँला २५, हरियो डल्ले फर्सी ६३, पाकेको फर्सी ५५ र स्कुस ५५ रुपैयाँ प्रतिकिलो छ। रायोको साग ११५, पालुंगो २२५, कन्य च्याउ २६०, डल्ले च्याउ ५२५ र कुरिलो ४५० रुपैयाँ प्रतिकिलो छ।

लाम्चो भन्टा ३० र डल्ले भन्टा ४२ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको थियो।

प्रकाशित: ३ भदौ २०८३ ९:०९ | Wednesday, August 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast