सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

हिमाल प्रेस २ भदौ २०८३ १२:२४ | Tuesday, August 18, 2026
2
SHARE
सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौँ- सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार अर्का युवक गम्भीर घाइते भएका छन्।

हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोशी ब्यारेज पुलको ४१ नम्बर ढोका नजिकै को।६ प ६०२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक हनुमाननगर कंकालिनी नगरपालिका १ भलवा बस्ने अन्दाजी ३५ वर्षीय ओम साफीको मत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका साफीको उपचारको क्रममा भारदह अस्पतालमा मृत्यु भएको हो।

मोटरसाइकलको पछाडि सवार सोही स्थानका २० वर्षीय मंजय साफी घाइते भएका छन्। उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

प्रकाशित: २ भदौ २०८३ १२:२४ | Tuesday, August 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast