भोलि विश्वासको मत लिँदै सुदूरका मुख्यमन्त्री

हिमाल प्रेस २ भदौ २०८३ ९:०५ | Tuesday, August 18, 2026
10
SHARES
भोलि विश्वासको मत लिँदै सुदूरका मुख्यमन्त्री माओवादी नेता खगराज भट्ट। तस्बिर : भट्टको फेसबुक

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भोलि विश्वासको मत लिँदैछन्।  विश्वासको मत लिने विषयमा छलफल गर्न आज दिउँसो २ बजे नेकपा संसदीय दलको बैठक बोलाउने तयारी गरिएको छ। मुख्यमन्त्रीसँग छलफलमा रहेका एक सांसदका अनुसार आज संसदीय दलको बैठक बसेर भोलि विश्वासको मत लिने तयारी भएको हो।

शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले विश्वासको मत लिएलगत्तै प्रदेश सरकारलाई पूर्णता दिने तयारी गरेका छन्।

हाल नेकपा एमालेका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन्। अब नेकपाको तर्फबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्ने तयारी गरिएको छ।
प्रकाशित: २ भदौ २०८३ ९:०५ | Tuesday, August 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast