काठमाडौँ– नेपाल आयल निगमले सोमबार (भदौ १ गते) काठमाडौँ उपत्यकामा हालसम्मकै सबैभन्दा धेरै ग्यास बिक्री भएको जनाएको छ।
निगमका अनुसार सोमबार काठमाडौँ उपत्यकामा मात्र ५२ हजार ५७६ सिलिन्डर ग्यास बिक्री भएको हो।
उपत्यकाबाहेक अन्य जिल्लामा ७५ हजार १५८ सिलिन्डर ग्यास बिक्री गरिएको निगमले जनाएको छ। तर पनि बजारमा सिलिन्डरको अभाव छ। उपभोक्ताले ग्यास खरीद गर्न नसकेको गुनासो गरिरहेका छन्।
पछिल्ला दिनको तुलनामा सोमबार ग्यासको बिक्री उल्लेख्य वृद्धि भएको हो।
प्रकाशित: २ भदौ २०८३ ६:१२ | Tuesday, August 18, 2026
प्रतिक्रिया


