गगन-देउवाको दूरी घटाउन पहल गर्छु तर मेरो प्रयासले मात्रै हुँदैन : शशांक कोइराला

हिमाल प्रेस १ भदौ २०८३ १६:१० | Monday, August 17, 2026
12
SHARES
गगन-देउवाको दूरी घटाउन पहल गर्छु तर मेरो प्रयासले मात्रै हुँदैन : शशांक कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पार्टी सभापति गगनकुमार थापा र निवर्तमान सभापति शेरबहादुर देउवाबीच देखिएको दूरी घटाउन आफूले पहल गर्ने बताएका छन्।

सोमबार संस्थापन इतर पक्षको सम्पर्क कार्यालय चुनदेवीमा आयोजित चियापान कार्यक्रममा बोल्दै कोइरालाले पार्टीभित्र देखिएको विवाद संवाद र सहमतिमार्फत समाधान गर्नुपर्ने बताए।

‘गगनकुमार थापा र शेरबहादुरजीको बीचमा जुन दूरी छ, त्यसलाई घटाउन, दुई जनाको बीचमा संवाद होस् र कांग्रेस अगाडि बढोस् भनेर म प्रयत्न गर्नेछु,’ उनले भने।

कांग्रेसभित्रको विवाद समाधानका लागि आफू तयार रहेको बताउँदै कोइरालाले आफ्नो मात्रै प्रयासले समस्या समाधान नहुने बताए। उनले सभापति थापासँग यसअघि पनि पटकपटक भेटेर संवाद र सहमतिका लागि प्रयास गरेको जानकारी दिए।

नेता कोइरालाले पछिल्लो समय कांग्रेसभित्र बढ्दै गएको आरोप प्रत्यारोप र गालीगलौजप्रति असन्तुष्टि जनाए। विगतमा पार्टीभित्र मतभेद र विवाद हुने गरे पनि ती बौद्धिक विमर्शका रूपमा सीमित रहने गरेको उनले स्मरण गरे।

उनले कांग्रेसभित्रको राजनीतिक भाषा र संस्कार खस्किँदै गएको भन्दै नेतृत्व तहबाटै संयम अपनाउनुपर्ने बताए। वरिष्ठ नेताहरूबीच नै गालीगलौज र असंयमित अभिव्यक्ति आउनु कांग्रेसका लागि उचित नभएको उनको भनाइ थियो।

प्रकाशित: १ भदौ २०८३ १६:१० | Monday, August 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast