काठमाडौँ- नेपाली बजारमा पुनः सुनचाँदीको मूल्य उकालो लाग्न थालेको छ । आइतबार तोलामा ३ हजार ६०० रुपैयाँले बढेको सुनको मूल्य सोमबार प्रतितोला १ हजार ६०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
योसँगै सोमबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ८०० रुपैयाँ पुगेको छ । आइतबार ३ हजार ६०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको थियो ।
सोमबार चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेर ४ हजार ७७० रुपैयाँ पुगेको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर ४ हजार ७१० रुपैयाँ थियो ।
प्रकाशित: १ भदौ २०८३ ११:३३ | Monday, August 17, 2026
प्रतिक्रिया


