२४ घण्टामा १ हजार १०७ सवारी चालक कारबाहीमा

हिमाल प्रेस ३० साउन २०८३ ९:१३ | Saturday, August 15, 2026
6
SHARES
२४ घण्टामा १ हजार १०७ सवारी चालक कारबाहीमा

काठमाडौँ- काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १०७ सवारी चालकलाई २४ घण्टामा कारबाही गरिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार साउन ३० गते बिहान ६ बजेसम्मको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई विभिन्न कसुरमा कारबाही गरिएको हो।

कारबाहीमा तीव्र गतिमा सवारी चलाउने १३३, रेड लाइट उल्लंघन गर्ने ६४, लेन उल्लंघन गर्ने ४२, अवस्था ठीक नभएका सवारी ४३ र वन–वे उल्लंघन गर्ने १४ जना रहेका छन्।

त्यस्तै मापसे गरी सवारी चलाउने ७९, सीसीटीभी निगरानीबाट ३७, हर्न निषेध उल्लंघन गर्ने १९ तथा अन्य कसुरमा ६७६ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले उपत्यकामा सवारी नियम पालना गराउन नियमित अनुगमन तथा कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।

प्रकाशित: ३० साउन २०८३ ९:१३ | Saturday, August 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast