सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति पुग्यो?

हिमाल प्रेस २९ साउन २०८३ १२:२९ | Friday, August 14, 2026
12
SHARES
सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति पुग्यो?

काठमाडौँ- बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा रु चार हजार ६०० र चाँदी तोलामा रु ९० ले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल एक तोला सुनको मूल्य रु तीन लाख एक हजार ६०० कायम भएको छ। हिजो एक तोला सुन रु तीन लाख छ हजार २०० मा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्य रु चार हजार ६६० कायम भएको छ। हिजो एक तोला चाँदी रु चार हजार सात सय ५० मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ३२६ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस करिब ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: २९ साउन २०८३ १२:२९ | Friday, August 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast