कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला आज, देउवाले सम्बोधन गर्ने

हिमाल प्रेस २९ साउन २०८३ ६:३३ | Friday, August 14, 2026
6
SHARES
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला आज, देउवाले सम्बोधन गर्ने शेरबहादुर देउवा। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्दैछ।

सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान ११:३० बजे हुने भेलालाई पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ।

स्वास्थ्य उपचारका लागि करिब पाँच महिना विदेशमा रहेका देउवा बिहीबार काठमाडौँ फर्किएका थिए। फर्किएपछि उनलाई कांग्रेसका नेताकार्यकर्ताले विमानस्थलमा स्वागत गरेका थिए।

इतर समूहको प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार भेलाको बन्दसत्र साउन ३० र ३१ गते सञ्चालन हुनेछ।

बन्दसत्रमा विभिन्न विषयमा छलफल गर्दै पार्टीका आगामी नीति तथा कार्यक्रमबारे निर्णय गरिने नेताहरूले बताएका छन्।

इतर समूहले भेलामा देशभरबाट करिब पाँच हजार नेताकार्यकर्ताको सहभागिता हुने अनुमान गरेको छ।

प्रकाशित: २९ साउन २०८३ ६:३३ | Friday, August 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast