आज साउनको अन्तिम शुक्रबार, पाथीभराको दर्शन गर्दै राशिफल हेर्नुस्

हिमाल प्रेस २९ साउन २०८३ ५:२८ | Friday, August 14, 2026
4
SHARES
आज साउनको अन्तिम शुक्रबार, पाथीभराको दर्शन गर्दै राशिफल हेर्नुस्

आज मिति ०८३ साउन महिनाको २९ गते शुक्रबार । साउन शुक्ल द्वितीया तिथि । पंचाग परिधि · बालव · पूर्वफल्गुनी । तदअनुसार १४ अगस्ट २०२६ । आज माता पाथीभरादेवीको दर्शन गर्ने उत्तम दिन पनि हो। यो राशिफल ज्यो.जगदीश सुवेदीले तयार गरेका हुन् । तपाईँ राशिफल यस्तो छ

मेष राशि

सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ। प्रेममा धोका हुनेछ। बुद्धि पुर्‍याउँदा फाइदा लिन सकिने योग छ।

वृष

प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिने छ। महत्वपूर्ण काम सफल हुनेछ। दाम, इनाम र प्रतिष्ठा हुने समय छ। घरमा झगडा हुनसक्छ ख्याल गर्नुपर्ने हुन्छ।

मिथुन

सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रेममा धोका पाइने छ।

कर्कट

बिनाप्रतिस्पर्धा फाइदा हुने समय छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूले काममा साथ दिनेछन्।

सिंह

विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ। व्यापारबाट लाभ मिल्नेछ। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ। वैदेशिक यात्राको योग छ।

कन्या

नयाँ कामको प्रस्ताव आउनेछ। पहिलो भेटमा नै धेरैले सहयोग गर्नेछन्। मनग्य धन आर्जन हुनेछ। बिछोडिएका परिवारसँग भेट हुनेछ।

तुला

सोचेको आटेको काममा सफलता मिल्नेछ। आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन्। स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ।

वृश्चिक

साथीभाई र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ।

धनु

शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। कर्मको उचित प्रतिफल पाइनेछ। व्यापारबाट प्रसस्त लाभ मिल्नेछ।

मकर

काममा राम्रै फाइदाको योग रहेकोछ। मेहनत गरे प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सफल हुनेछन्। पढाई लेखाइमा प्रगति हुनेछ।

कुम्भ

नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ। साथीभाईसंगको रमाइलो भेटघाटमा मन खुसी रहनेछ। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ।

मीन

काममा लगानी बढाउने समय छ। प्रयास गर्दा रोकिएका कामहरु सफल हुनेछन्। वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ। घरायसी काममा रुचि बढ्नेछ।

प्रकाशित: २९ साउन २०८३ ५:२८ | Friday, August 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast