शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको वृहत्तर एकता हुन्छ : महत

हिमाल प्रेस २८ साउन २०८३ १५:५९ | Thursday, August 13, 2026
8
SHARES
शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको वृहत्तर एकता हुन्छ : महत

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने बताएका छन्।

बिहीबार शेरबहादुर देउवालाई स्वागत गर्न विमानस्थल पुगेका महतले सञ्चारकर्मीसँग कुरा गर्दै देउवाकै नेतृत्वमा पार्टीभित्र बृहत्तर एकता हुने बताएका हुन्।

उनले देउवालाई स्वागत गर्न देशभरिबाट पार्टीका शुभचिन्तक तथा समर्थकहरू स्वस्फूर्त रूपमा विमानस्थल आएको उल्लेख गरे। अहिले नआएका नेताहरू पनि केही दिनभित्र आउने उनले बताए।

देउवालाइ स्वागत गर्न पूर्णबहादुर खड्का, डा. शशांक कोइराला, विमलेन्द्र निधिलगायत कांग्रेस संस्थापनइतर समूहका नेताहरु विमानस्थल पुगेका थिए।

प्रकाशित: २८ साउन २०८३ १५:५९ | Thursday, August 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast