खाना पकाउने ग्यासको कृत्रिम अभाव अन्त्य गर्न राष्ट्रियसभाका सदस्यहरूको आग्रह

हिमाल प्रेस २८ साउन २०८३ १४:३१ | Thursday, August 13, 2026
8
SHARES
खाना पकाउने ग्यासको कृत्रिम अभाव अन्त्य गर्न राष्ट्रियसभाका सदस्यहरूको आग्रह

काठमाडौँ- राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने ग्यासको अभावमा नागरिकले खाना खानै नपाउने अवस्था भएकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सदस्य विष्णुदेवी पुडासैनीले ग्यासको अभावले नागरिकले खाना खानै नपाउने अवस्था भएकाले समस्या समाधान गर्न आग्रह गरिन्।

सदस्य कृष्णप्रसाद अधिकारीले खाना पकाउने ग्यासको कृत्रिम अभाव भएकाले कालो बजारी नियन्त्रणका लागि कडा रूपमा अनुगमन गर्न आग्रह गरे।

सदस्य घनश्याम रिजालले अप्रत्याशित रूपमा पक्राउ गरिएका वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गरे। सदस्य पदमबहादुर परियारले तनहुँ हाइडो निर्माण गर्दा सेती नदी बहाव परिवर्तन भई समस्या भएकाले समाधान गर्नुेपर्ने बताए।

सदस्य रुक्मिणी कोइरालाले पाकिस्तानको हिमाल आरोहण गर्दा निधन भएका निर्मल पुर्जासहित ६ जना नेपाली र अन्य तीन जनाको निधन भएकामा दुःख व्यक्त गरिन्।

सदस्य रेनु चन्दले कञ्चनपुरका आरक्ष पीडितले तीन दर्जन आयोग बन्दा पनि समस्या समाधान नभएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

सदस्य विष्णुकुमारी सापकोटाले काठमाडौँ उपत्यकामा घर तथा कोठा भाडा नीति बनाएर घर र डेरा भाडा तोक्न माग गरिन्।

सदस्य विष्णुबहादुर विश्वकर्माले कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिकाका स्थानीयवासीलाई बुधबार यत्तिकै धरपकड गरिएको भन्दै विरोध जनाए।

प्रकाशित: २८ साउन २०८३ १४:३१ | Thursday, August 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast