सुनको मूल्यमा गिरावट, चाँदीको बढ्यो

हिमाल प्रेस २८ साउन २०८३ ११:१३ | Thursday, August 13, 2026
18
SHARES
सुनको मूल्यमा गिरावट, चाँदीको बढ्यो

काठमाडौँ-  सुनको मूल्य घटना चाँदीको मूल्य बढेको छ। जसअनुसार बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

योसँगै बिहीबार छापावाल सुनको मूल्य ३ लाख ६ हजार २०० रुपैयाँमा झरेको छ। बुधबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घटेर ३ लाख ६ हजार ७०० रुपैयाँमा झरेको थियो ।

मंगलबार ६ हजार ४०० रुपैयाँले बढेर ३ लाख ७ हजार ९०० रुपैयाँमा उक्लिएको सुनको मूल्य सोमबार २०० रुपैयाँले घटेर ३ लाख १ हजार ५०० रुपैयाँमा झरेको थियो। आइतबार सुनको मूल्य तोलामा  २ हजार ८०० रुपैयाँले बढेर ३ लाख १ हजार ७०० रुपैयाँ पुगेको थियो।

बिहीबार चाँदीको मूल्य ५ रुपैयाँले बढेर ४ हजार ७५० रुपैयाँ रहेको महासंघले जनाएको छ। बुधबार चाँदीको मूल्य ३५ रुपैयाँले घटेर ४ हजार ७४५ रुपैयाँ थियो।

मंगलबार चाँदीको मूल्य ११० रुपैयाँले बढेर ४ हजार ७८० रुपैयाँ पुगेको थियो । सोमबार चाँदीको मूल्य २५ रुपैयाँले बढेर ४ हजार ६७० रुपैयाँ पुगेको थियो। आइतबार चाँदीको मूल्य ६५ रुपैयाँले बढेर ४ हजार ६४५ रुपैयाँ पुगेको थियो।

प्रकाशित: २८ साउन २०८३ ११:१३ | Thursday, August 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast