विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री आचार्य, राजीनामाको तयारीमा सुदूरपश्चिमका शाही

हिमाल प्रेस २७ साउन २०८३ १३:३१ | Wednesday, August 12, 2026
14
SHARES
विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री आचार्य, राजीनामाको तयारीमा सुदूरपश्चिमका शाही

काठमाडौँ- नयाँ गठबन्धन बनेपछि सहयात्री फेरेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले १ भदौमा विश्वासको मत लिँदैछन्। उनले सोही दिन प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका हुन्।

केही समयअघि मात्रै कांग्रेसले सहकार्य तोडेको थियो भने नेकपा सरकारमा गएको थियो। सबै प्रदेशबाट एमालेसँग कांग्रेसले सहकार्य तोडेपछि प्रदेशमा नेकपा-एमाले सहकार्य अघि बढेको हो। आचार्य एमालेका नेता हुन्। कांग्रेसले समर्थन फिर्ता लिएका कारण संवैधानिक व्यवस्थाअनुसार उनले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार विश्वासको मत लिन थालेका हुन्।

यता सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले भने राजीनामा दिन लागेका हुन्। उनको सचिवालयका अनुसार एमालेले सहकार्य तोडेपछि अल्पमतमा परेका कारण उनले राजीनामा दिन लागेका हुन्।

प्रकाशित: २७ साउन २०८३ १३:३१ | Wednesday, August 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast