काठमाडौँ- कोलोम्बियामा गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या २५४ पुगेको छ। कोलोम्बियाको कफी उत्पादन गर्ने मध्य भागलाई केन्द्रविन्दु बनाएर गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुने संख्या २५४ पुगेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन्।
प्रभावित क्षेत्रहरूमा उद्धारकर्मीहरू भग्नावशेष पन्छाउँदै अझै पनि जीवितै रहेकाहरूको खोजीमा जुटेका छन्। भूकम्पले अपार्टमेन्ट ब्लकहरू, घरहरू, विद्यालयहरू र स्वास्थ्य केन्द्रहरूलाई चिरा पार्दै पूर्ण वा आंशिक रूपमा ध्वस्त बनाएको छ। क्यालीमा पनि घरहरू भत्किँदा हजारौं मानिसहरू बेघर भएका छन् । सडकमा रहेका शवहरूलाई अन्यत्र व्यवस्थापन गरिँदैछ।
प्रकाशित: २७ साउन २०८३ ९:१८ | Wednesday, August 12, 2026
प्रतिक्रिया


