शक्तिशाली भूकम्पले संकटमा कोलम्बिया, हालसम्म १३२ को मृत्यु, ५७० जना घाइते

हिमाल प्रेस २६ साउन २०८३ ६:४२ | Tuesday, August 11, 2026
12
SHARES
शक्तिशाली भूकम्पले संकटमा कोलम्बिया, हालसम्म १३२ को मृत्यु, ५७० जना घाइते

कोलम्बियामा सोमबार गएको यस शताब्दीकै शक्तिशाली भूकम्पमा परी अहिलेसम्म कम्तीमा १३२ जनाको मृत्यु भएको छ भने ५७० जना घाइते भएका छन् । शक्तिशाली भूकम्पका कारण विभिन्न सहरमा भवनहरू भत्किएका छन्, अस्पताल तथा अन्य पूर्वाधारमा क्षति पुगेको छ र केही मानिस भग्नावशेषमा पुरिएका छन् ।

कोलम्बियाका नवनियुक्त राष्ट्रपति अबेलार्दो दे ला एस्प्रियेलाले राष्ट्रिय आपत्काल घोषणा गर्दै सरकारको पहिलो प्राथमिकता भग्नावशेषमा पुरिएका मानिसको उद्धार गर्नु रहेको बताएका छन् ।

‘भग्नावशेषमुनि फसेका मानिसहरूको उद्धार पहिलो प्राथमिकता हो,’ उनले स्थानीय समयअनुसार दिउँसो राष्ट्रिय सम्बोधनमार्फत भने ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड थियो र यसको केन्द्र जमिनको करिब १०७ किलोमिटर गहिराइमा थियो । कोलम्बियाको भूगर्भ सेवा संस्थाका अनुसार यो २१औँ शताब्दीमा देशमा रेकर्ड भएको सबैभन्दा शक्तिशाली भूकम्प हो ।

भूकम्पको केन्द्रनजिक रहेको चोको क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएकाले क्षतिको पूर्ण विवरण आउन ढिलाइ भएको छ । चोकोकी गभर्नर नुबिया क्यारोलिना कोर्डोबाका अनुसार त्यहाँ मात्रै १२ जनाको मृत्यु र ८४ जना घाइते भएका छन् ।

सबैभन्दा ठूलो क्षति भने कोलम्बियाको कफी उत्पादन क्षेत्रअन्तर्गत पर्ने रिसाराल्दामा देखिएको छ । त्यस क्षेत्रको राजधानी पेरेरियामा व्यापक क्षति भएको छ र उद्धारकर्मीहरूले भत्किएका भवनमा मानिस जीवितै फसेका छन् कि छैनन् भनेर खोजी जारी राखेका छन् ।

प्रकाशित: २६ साउन २०८३ ६:४२ | Tuesday, August 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast