काठमाडौँ- कोलम्बियामा गएको शक्तिशाली भूकम्पका कारण ठूलो क्षति पुगेको छ।
अधिकारीहरूका अनुसार भूकम्पका कारण देशका धेरै सहरहरूमा भवन भत्किएका छन् भने जनजीवन प्रभावित बनेको छ।
कोलम्बियाको भूवैज्ञानिक सेवाका अनुसार स्थानीय समयअनुसार बिहान करिब ७ :३४ बजे ७.४ रेक्टर स्केलको भूकम्प मापन गरिएको हो।
भूकम्पको केन्द्रविन्दु जमिनभन्दा करिब ९६ किलोमिटर गहिराइमा रहेको थियो। भूकम्प जमिनको धेरै गहिराइमा भए तापनि यसको धक्का राजधानी बोगोटासहित सयौँ किलोमिटर टाढासम्म महसुस गरिएको थियो।
सुरक्षाका कारण बोगोटाका धेरै आवासीय तथा व्यावसायिक भवनहरू खाली गराइएको छ।
चोको प्रान्तकी गभर्नर नुबिया क्यारोलिाना कोर्डोबाले भूकम्पका कारण मानिसहरू घाइते भएको बताएको बीबीसीले जनाएको छ। यद्यपि घाइतेहरूको स्पष्ट संख्या यकिन भइसकेको छैन।
गभर्नर कोर्डोबले सम्भावित पराकम्पको जोखिम आउन सक्ने भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेकी छन्।
कोलम्बियाली समाचारपत्र ‘एल तिएम्पो’ ले मनीसालेस सहरको एउटा भिडियो सार्वजनिक गरेको छ, जसमा एउटा भवन पूर्ण रुपमा भत्किएको देखिएको छ।


