आजको राशिफल

हिमाल प्रेस २६ साउन २०८३ ६:२७ | Tuesday, August 11, 2026
24
SHARES
आजको राशिफल

आज मिति २०८३ साल साउन २६ गते मंगलबार। साउन कृष्ण चतुर्दशी तिथि। तदअनुसार २०२६ अगस्ट ११ । आज गणेश भगवान्‌को पूजा गर्ने विशेष दिन पनि हो। यो राशिफल ज्यो.जगदीश सुवेदीले तयार गरेका हुन्।

मेष

सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

वृष

बिनाप्रतिस्पर्धा फाइदा हुने समय छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूले काममा साथ दिनेछन्।

मिथुन

विशेष सभासमारोहमा सहभागी बन्ने मौका छ। व्यापारबाट लाभ मिल्नेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।

कर्कट

नयाँ कामको प्रस्ताव आउनेछ। पहिलो भेटमा नै धेरैले सहयोग गर्नेछन्। मनग्य धन आर्जन हुनेछ। बिछोडिएका परिवारसँग भेट हुनेछ।

सिंह

सोचेको आटेको काममा सफलता मिल्नेछ। आम्दानीका नयाँ स्राेतहरू फेला पर्नेछन्। आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ।

कन्या

साथीभाई र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा आमाको सहयोग प्राप्त हुनेछ।

तुला

शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। व्यापारबाट प्रसस्त लाभ मिल्नेछ।

वृश्चिक

काममा राम्रै फाइदाको योग रहेकोछ। मेहनत गरे प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सफल हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ।

धनु

नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ। साथीभाईसँगको रमाइलो भेटघाटमा मन खुसी रहनेछ। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ।

मकर

काममा लगानी बढाउने समय छ। प्रयास गर्दा रोकिएका कामहरू सफल हुनेछन्। वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ। घरायसी काममा रुचि बढ्नेछ।

कुम्भ

साथीभाईसँगको सम्बन्धमा सुधार आउनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ।

मीन

प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिने छ। महत्त्वपूर्ण काम सफल हुनेछ। दाम, इनाम र प्रतिष्ठा हातलागी हुने समय छ।

असावधानीबस प्रकाशित यसअघिको राशिफल सच्याइएको छ : सम्पादक

प्रकाशित: २६ साउन २०८३ ६:२७ | Tuesday, August 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast