ग्यासको समस्या समाधान गर्न कांग्रेसको माग

हिमाल प्रेस २५ साउन २०८३ १८:५२ | Monday, August 10, 2026
16
SHARES
ग्यासको समस्या समाधान गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले ग्यासको सहज बजारीकरणमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गरेको छ।

पार्टी कार्यालय सानेपामा सोमबार बसेको कांग्रे्रस केन्द्रीय कार्यसमितिको बैठकले सहज रुपमा ग्यास उपलव्ध नहुँदा जनताको दैनिक जीवन प्रभावित भइरहेको भन्दै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

त्यस्तै अहिले खेतीपातीको समयमा मलको अभाव देखिएकाले मलको आपूर्तिलाई व्यवस्थापन गर्न समेत माग गरेको छ।

दीर्घकालीन रूपमा स्वदेशमै मल उत्पादन गर्ने नीति बनाउन सरकारको ध्यानाकर्षण गराइएको प्रवक्ता चालिसेले बताए।

त्यस्तै महँगी, कालोबजारी नियन्त्रण गर्न र जनतालाई आवश्यक राहतको व्यवस्था मिलाउनसमेत सरकारको ध्यानाकर्षण गराइएको उनले जानकारी दिए।

केन्द्रीय कार्यसमितिको बैठक मंगलबार पुनः बस्ने र महाधिवेशन तयारीलगायत विभिन्न एजेन्डामाथि छलफल जारी रहने प्रवक्ता चालिसेले बताए।

प्रकाशित: २५ साउन २०८३ १८:५२ | Monday, August 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast