राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

हिमाल प्रेस २५ साउन २०८३ १२:५७ | Monday, August 10, 2026
4
SHARES
राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेस गरेको छ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमका बीच आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आयोगको आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक प्रतिवेदन पेस गरेका हुन्।

नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगहरूको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने व्यवस्था रहेको छ।

यस अवसरमा राष्ट्रपति पौडेलले आयोगले सम्पुर्ण मुस्लिम समुदायको हकहित संरक्षण तथा मुस्लिम समुदायको सशक्तिकरणका सम्बन्धमा संवैधानिक तथा कानुनी व्यवस्था कार्यान्वयन भए नभएको विषय अध्ययन गरी नेपाल सरकारलाई सुझाव दिने काममार्फत संविधानले सुनिश्चित गरेका समान अवसर र सामाजिक न्याय तथा सम्मानजनक सहभागिताको कार्यान्वयनमा विशेष योगदान पुर्‍याएको उल्लेख गरे।

प्रकाशित: २५ साउन २०८३ १२:५७ | Monday, August 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast