काठमाडौँ- फिल्म ‘गौँथली’ ले बक्स अफिसमा १९ करोड ७१ बढी व्यवसाय गर्न सफल भएको छ । चलचित्र विकास बोर्डले आइतबार राति दश बजेसम्मको व्यवसायलाई लिएर सोमबार सार्वजनिक बक्स अफिस रिपोर्टमा फिल्मको आम्दानी १९ करोड, ७१ लाख ६ हजार ५ रुपैयाँ ग्रस रहेको छ । फिल्मलाई यस अवधिमा अवधिमा ७ लाख १५ हजार १९८ जनाले हरेका छन् ।
साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्मले अहिले पनि राम्रो दर्शक पाइरहेको छ । फिल्म गीतकार तथा स्त्रीरोग विशेषज्ञ डा। भोला रिजालका छोरा डा।कपिल रिजालले निर्देशन गरेका हुन् । योसँगै ‘गौँथली’ यस वर्षको सर्वाधिक कमाइ गर्ने पहिलो फिल्म बनेको छ ।
सुरुमा करिब २ सय शो पाएको ‘गौँथली’ ले अहिले २०० भन्दा माथि शो पाइसकेको छ । अधिकांश शो मा दर्शकको चाप उच्च रहँदा व्यापारिक रिपोर्ट उत्साहप्रद रहेको छ ।
फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना लगायत कलाकारको अभिनय छ । कलाकारसहितको टिम अहिले पनि हल हलमा पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेको छ । काठमाडौँ उपत्यकासहित कलाकारहरू मोफसलका हल पुगेर दर्शकलाई भेटिरहेका छन् । दर्शकले मौलिका चलचित्र भन्दै तारिफ गरिरहेका छन् ।
डा।भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद डा।कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् । घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र
एफडीले गरेका छन् ।


