काठमाडौँ- २० वर्षमुनिका प्रतिभालक्षित चौथो युवा सर्ट फिल्म फेस्टिभल आह्वान गरिएको छ । अस्कर कलेज र चलचित्र विकास बोर्डको सहकार्यमा प्रतियोगिता आह्वान गरिएको हो ।
प्रतियोगितामा प्रथमले एक लाख, द्वितीयले ५० हजार र तेस्रोले २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताका पुरस्कार विजेता प्रतियोगीले अस्कर कलेज अध्ययन गर्ने चाहे कलेजले ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने कलेजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतियोगीताका लागि आह्वान गरिएका सर्ट फिल्म कम्तीमा आठ मिनेट र बढीमा १५ मिनेटको हुनुपर्नेछ । फिल्म बुझाइसक्नुपर्ने समय सीमा भदौ ८ गतेसम्म तोकिएको छ ।
प्रतियोगिताका उत्कृष्ट सिनेमा प्रदर्शनीसँगै विजेताहरूको घोषणा भदौ १५ गते हुनेछ । सोही समारोहमा पुरस्कार वितरण हुनेछ ।
प्रकाशित: २५ साउन २०८३ ११:२९ | Monday, August 10, 2026
प्रतिक्रिया


