विशेष महाधिवेशनले पार्टीलाई कमजोर बनायो : सिंह

हिमाल प्रेस २४ साउन २०८३ १९:५० | Sunday, August 9, 2026
8
SHARES
विशेष महाधिवेशनले पार्टीलाई कमजोर बनायो : सिंह

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको बताएका छन्।

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै सिंहले आफूहरूले विगतदेखि नै विशेष महाधिवेशन नगर्न सुझाव दिँदै आए पनि त्यसलाई बेवास्ता गर्दा अहिले पार्टी कमजोर र विभाजनको अवस्थामा पुगेको दाबी गरे।

उनले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि विशेष महाधिवेशन उपयुक्त बाटो नभएको आफ्नो पक्षको धारणा रहेको तर, त्यसविपरीत विशेष महाधिवेशनको प्रक्रिया अघि बढाइएपछि कांग्रेस थप विवाद र विभाजनतर्फ गएको उल्लेख गरे।

उनले नियमित महाधिवेशनको समय आइसकेकाले पार्टीको नेतृत्व पनि नियमित प्रक्रियाबाटै चयन गर्नुपर्ने उल्लेख गर्दे लोकप्रिय र कार्यकर्ताको समर्थन प्राप्त नेताले नियमित महाधिवेशनबाट नेतृत्वमा पुग्दा पार्टी बलियो बन्ने तर्क गरे। सिंहले पार्टीलाई कमजोर बनाउने गतिविधिभन्दा पनि कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिए।

पार्टीभित्र देखिएको विवाद र धु्रवीकरणले संगठनमा समेत असर पार्ने भन्दै सिंहले नेतृत्व र कार्यकर्ताबीच सहमति तथा एकताको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। कांग्रेसको संस्थागत संरचना र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउँदै पार्टीलाई फुट र गुटभन्दा माथि उठाएर अघि बढाउनुपर्ने धारणा राखे।

पूर्वमहामन्त्री सिंहले कांग्रेसभित्रको आधिकारिकतासम्बन्धी विवादमा आफ्नो पक्षले न्याय पाउने विश्वाससमेत व्यक्त गरे।

प्रकाशित: २४ साउन २०८३ १९:५० | Sunday, August 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast