स्ट्रेट अफ होर्मुज खोल्न अमेरिकासामु इरानले राख्यो ६ सर्त

हिमाल प्रेस २४ साउन २०८३ १५:३१ | Sunday, August 9, 2026
6
SHARES
स्ट्रेट अफ होर्मुज खोल्न अमेरिकासामु इरानले राख्यो ६ सर्त फाइल तस्बिर

काठमाडौँ- इरानले स्ट्रेट अफ होर्मुज सञ्चालन गर्न अमेरिकासामु ६ वटा सर्त अघि सारेको छ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बगर जोल्गाद्रले अमेरिकाले आफूहरूका ६ वटा सर्त पूरा नगरे स्ट्रेट अफ होर्मुज नखोल्न बताएका हुन्।

बीबीसीले जनाएअनुसार यी मागहरूमा इरानमाथि लगाइएका प्रतिबन्धहरूमा लचकता, युद्धमा भएको क्षतिको क्षतिपूर्ति, इरानी बन्दरगाहहरूमाथिको जलसैन्य नाकाबन्दी तत्काल हटाउने, इरानविरूद्धका धम्कीहरू रोक्नु र देशक जफत गरिएका सम्पत्तिहरू फुकुवा गर्नु रहेका छन्।

विश्लेषकहरूका अनुसार जोल्गाद्रले धेरै हदसम्म इरानका अघिल्ला मागहरूलाई दोहो¥याएका छन्, तर यसले वार्तामा होर्मुज स्ट्रेटलाई लिएर इरानको कडा अडानको संकेत गर्दछ।

यी अभिव्यक्तिहरू यस्तो समयमा आएका हुन जब इरान र ओमानले होर्मुजबाट जहाजहरूको आवतजावतका लागि नयाँ व्यवस्थाबारे हालै भएका वार्ताहरूलाई ‘सकारात्मक र रचनात्मक’ भनेका छन्।

इरानी परराष्ट्रमन्त्री अब्बाज अरागजीले ओमानसँगको वार्ता अन्तिम चरणमा पुगेको बताएका छन्। तर, उनले सम्झौतामा पुग्नुको अर्थ होर्मुज स्ट्रेट तुरुन्तै खुल्नु नभएको र यो जलमार्ग पुनः खुल्नु ‘अन्य सर्तहरूमा निर्भर’ रहने कुरामा जोड दिएका छन्।

यसअघि रोयटर्स समाचार एजेन्सीले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै होर्मुज स्ट्रेटलाई लिएर इरान र ओमानबीचको वार्तामा प्रगति भएको र अमेरिकाले चाँडै नै सम्झौता हुने आशा राखेको जनाएको थियो।

ती अधिकारीका अनुसार होर्मुजबाट व्यापारिक जहाजहरूको विना रोकटोक आवतजावतको ग्यारेन्टी दिने सम्झौताको घोषणा भएपछि अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी हटाउनेछ।

प्रकाशित: २४ साउन २०८३ १५:३१ | Sunday, August 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast